Logo
Logo

३२ औं ओलम्पिकको औपचारिक उदघाटन आज


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ । ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो ।

नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुने भएको छ । उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् ।

नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

उदघाटन समारोहमा १५ राष्ट्र र संगठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् ।

प्रतियोगितामा कोरोनाभाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्