काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन् ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि छन् ।
कांग्रेसबाट खड्काका अतिरिक्त डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।
कार्यदलले सत्ता सहयात्री दलहरुबीच खटपट उत्पन्न हुन नदिन र सहमतिमा सरकारका नीतिहरु ल्याउन मद्दत गर्ने बताइएको छ ।