काठमाडौं । आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एकरदुई स्थानमा भारी बर्षाको संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । आज बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।