Logo
Logo

कोरानाको अर्को भेरिएन्ट भेटिएपछि वैज्ञानिक चिन्तामा


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएपछि वैज्ञानिक चिन्तामा परेका छन् । वैज्ञानिकले अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा-३ भेरिएन्ट भेटिएको बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको पाइएको हो ।

छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’

प्रतिक्रिया दिनुहोस्