Logo
Logo

‘सेलपे’ले ल्यायो एनीभर्सरी अफर


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा ‘एनीभर्सरी अफर’ ल्याएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकले सेलपेबाट ‘फोनपे’का जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत ‘क्यास ब्याक’ (रु १००)सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले ‘सामसुङ ग्यालेक्सी एफ २२’ जित्ने मौका पाउनेछन् । यो योजना यही साउन १० गतेदेखि १६ गतेसम्म रहने सेलपेले जानकारी दिएको छ ।

‘सेलपे’ले प्रदान गर्दै आएका सेवाहरु :
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो । सेलपेमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने सुविधा छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेट, जीवन बिमा भुक्तानी गर्न सकिन्छ । त्यसैगरी शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टहरु र फोनपे नेटवर्कका करिव ५० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सकिने सेवा रहेको सेलपेले जानकारी दिएको छ ।

एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि समेवासमेत सेलपेमा समावेश छन् ।
सेलपेका ग्राहकले ‘सेलपे कार्ट’ सेवामार्फत घरमै बसीबसी आवश्यक सामान खरिद गर्न सक्नेछन् भने सेलपेसँग आवद्ध बैंकहरुका खाताका साथै ‘वालेट लोड’बाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन् । ग्राहकले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्