काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । राष्ट्रपति केस सैयदले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् ।
कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
राष्ट्रपति सैयदले आइतबार संसद भंग गरेका हुन् । उनले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताएका छन् । उनले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गरेका छन् ।