Logo
Logo

राखेपले भन्याे ओलम्पिक कमिटीले मल्लमाथि षडयन्त्र गर्‍याे


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लमाथि नेपाल ओलम्पिक कमिटीले षडयन्त्र गरेको आरोप लगाएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै संघले मल्ललाई प्रतियोगितामा सहभागी नगराउने षडयन्त्र ओलम्पिक कमिटीमा देखिएको उल्लेख गर्दै मल्लको स्थानमा कोेभिड बाहाना देखाएर आफ्नो आसेपासे र चाकडी गर्नेलाई लैजाने नियत देखाएको आरोप लगाएको हाे ।

पत्रकार सम्मेलनमा प्रशिक्षक इन्द्राले ओलम्पिक कमिटीले आफुमाथि षडयन्त्र गरेको भन्दै न्यायका लागि माग गरे । उनले ओलम्पिक कमिटीले दिएको कोभिड रिपोर्ट आफ्नो नभएको दाबी गरे। रिपोर्टमा उमेर र लिङ्ग फरक भएको उल्लेख गर्दै कोभिडको नतिजा शंकाले घेरिएको उनको भनाई छ ।

संघले ओलम्पिकको निन्दनीय कार्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुखदर्शक बन्नु र कर्मचारीमाथि भएको अन्याय गर्नेविरुद्ध बोल्न नसक्नु कमजोरी मानसिकता रहेको बताएको छ ।

गोपीचन्द्र पार्कीको नाम ओलम्पिकको सुचिबाट काटिएपछि ओलम्पिक कमिटीले सरस्वती चौधरीलाई सय मिटर दौडमा सिफारिस गरेको थियो । नयाँ खेलाडीसंगै एथलेटिक्स संघले प्रशिक्षकमा मल्लको नाम सिफारिस गर्याे ।

सरस्वतीसंग जापान जाने टोलीमा रहेकी मल्ललाई अन्तिम समयमा आएर कोभिड पोजेटिभ देखिएको भन्दै सुचिबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्