Logo
Logo

कोरोनाबाट थप ३३ जनाको मृत्यु, ३ हजार ८४० संक्रमित


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै चार हजार संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ६३४र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल १० हजार ८८६ पीसीआर र ४ हजार ९२२ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्