Logo
Logo

कांग्रेस क्रियाशील सदस्यता छानविनको विरोध


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै विरोध सुरु भएको छ ।

मनोमानी रुपमा क्रियाशील सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केहि ईकाइ समितिले बिरोध जनाएका हुन् ।

क्रियाशील सदस्यता छानविनको बिरोध गर्दै सभापतिहरुले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बुढानिलकण्ठमा धर्ना दिएका थिए । ‘पार्टीभित्र लोकतन्त्र खै’, ‘व्यक्ति ठूलो कि बिधान’ , ‘काठमाडौं ७ को क्रियाशिल छानविनमा न्याय दे’ लगाएतका प्लेकार्ड बोकेका थिए ।

धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटीलाई सच्चाउने प्रतिवद्धता जनाए । धर्नामा बसेकाहरुले मनोमानी रुपमा प्रदान गरिएको क्रियाशिल सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्