Logo
Logo

ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन : मिलन पाण्डे


दृष्टि संवाददाता

882
Shares


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीले र देशले प्रतिगमन नस्वीकार्ने बताएका छन् । ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन’, संयोजक पाण्डेले भनेको छन् ।

अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनी थप लेख्छन्, ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन ।’

यस्तै उनले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने पनि जानरकारी दिएका छन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भने र सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ’ पाण्डेले सामाजिक सन्जालमा लेखेका छन् । उनले लेखेका छन्, ‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ ।’

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेज गर्न, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावमा राप्रपा अध्यक्ष कमल थापा, एमाले नेताहरु महेश बस्नेत र गोकुल बास्कोटाले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्