Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

३३ सयमा कोरोना पुष्टिदेखि माधव नेपाल पक्ष तत्काल सरकारमा नजानेसम्म


दृष्टि संवाददाता

1.5k
Shares

१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३३५ जना र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६८७ परीक्षणबाट १ हजार ३० जनामा गरी कुल ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमणमुक्त भएसँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुग्यो, थप १६ जनाको मृत्यु भएसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुग्यो ।

२. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा नजाने, पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्ष, कोटेश्वर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि सरकारमा सहभागी नहुने नेपालद्वारा जानकारी, शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने गठबन्धनको निर्णय ।

३. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता सुवास नेम्वाङबीच भेटघाट, पार्टी एकतालाई निष्कर्षमा पुर्याउन नेम्वाङको नेपाललाइ आग्रह, दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्नुपर्ने सुझाव, अन्य नेतासँग छलफल गरेर अघि बढ्ने नेपालको प्रतिक्रिया, छलफल सकरात्मक भएको नेम्वाङको भनाइ ।

४. प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका सुधार सम्बन्धमा सुझाव दिन गठन गरेको समितिले बुझााये प्रतिवेदन, प्रतिवेदनमा न्यायाधीश नियुक्तिदेखि नै समस्या रहेको र न्यायिक नेतृत्वले चाहेमा सुधार गर्न सक्ने विषय उठान, प्रतिवेदनमा एकातिर संवैधानिक इजलासको अध्यक्ष प्रधानन्यायाधीश रहने र अर्कोतर्फ संवैधानिक परिषदको सदस्य पनि प्रधानन्यायाधीश हुँदा परिषदका निर्णयको न्यायिक परीक्षणमा प्रभाव पर्ने राय, समितिले सुझावसहित दिएको प्रतिवेदनको अक्षारश पालना हुने प्रधानन्यायाधीशको प्रतिवद्धता ।

५. जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेता छान्ने, सकेसम्म सहमतिमा नभए निर्वाचनमा जाने निर्णय, पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदी नियुक्त, अनुशासन समितिको संयोजकमा नरसिंह चौधरी तोकियो, जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा पठाइयो, सरकारमा जाने विषयमा अझै छलफल बाँकी रहेको नेताहरूको प्रतिक्रिया ।

६. नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने, पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय, विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकको भनाइ ।

७. माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा, न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा राखेको अदालतद्वारा जानकारी, पाँचैजनाको आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली गर्न माग ।

८. दोहोरो अंकले घटेको बजारमा कारोबार रकम ११ अर्बभन्दा कम, होटल र विकास बैंकबाहेक सबै राताम्मे. मौद्रिक नीति रोकिएको बारे अर्थमन्त्रीको स्पष्टीकरण, राष्ट्र बैंकलाइ कुनै दबाब नदिएको भनाइ,सर्वोत्तम सिमेन्ट सेयर खरीद प्रकरणमा नेप्सेका सिइओ पनि तानिए, अर्थले सोध्यो स्पष्टीकरण, मैलुङ खोलाको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन, सिटिजन्स् बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर बिकेन, संस्थापक बाहेकका व्यक्तिले समेत आवेदन गर्न पाउने गरी पुनः बिक्रीमा ल्याइने ।

९.राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षकको राजीनामा घोषणाको घटनालाई निराकरण गर्न कार्यबाहक सदस्यसचिव कुँवरको सक्रियता, सत्यतथ्य छानविनका लागि प्रशिक्षक अब्दुल्लाहले दिए लिखित निवदेन, टोकियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी सरस्वतीले शुक्रबार खेल्दै, राष्ट्रिय टिमको प्रशिक्षणका लागि ह्वाटमोर नेपालमा, अर्को साताबाट क्याम्प सुरु हुने, उत्तर कोरीयाले यू–२३ एशियन कप छनौट नखेल्ने ।

१०.र, विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै, विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट, युरोप र अमेरिकाबाट आउने यात्रुले बेलायतमा क्वारेन्टिनमा बस्न नपर्ने, ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी, अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्प ।

प्रतिक्रिया दिनुहोस्