काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छलफलमा जुटेका छन् । १४औँ महाधिवेशन नजिकिएसँगै कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्किएको हो ।
यसअघि बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो । जसअनुसार शुक्रबार पाँच शीर्ष नेताबीच छलफल भएको हो ।
यसअघि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वले क विवाद हल गर्ने प्रयास गरेको थियो । विवाद हल नभएपछि शीर्ष नेतृत्वलाई सुम्पेको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल अनुसार शीर्ष नेताहरु छलफल शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा सुरु भएको छ । छलफलमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी भएका छन् ।