Logo
Logo

प्रदेश प्रमुख शेरचनले भने, ‘सबैको सहअस्तित्वको सम्मान गर्छु’


दृष्टि संवाददाता

2.3k
Shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्ने बताए ।

मंगलबार मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवारी हो । उनले यसअघि गण्डकी प्रदेश प्रमुख भएर भूमिका निर्वाह गरिसकेका छन् ।

एमाले नेतृत्वको प्रदेश सरकार संकटमा परेको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गर्दै सीताकुमारी पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्