Logo
Logo

चीन नेपालको जलविद्युतमा लगननी गर्न इच्छुक : चिनियाँ राजदूत


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिए ।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरेकीी छन् ।

चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरे । उनले नेपालको विकासमा चीनले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरिन् ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । चिनियाँ कम्पनीले जलविद्युतका क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् ।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्