Logo
Logo

दार्चुला घटना छानविन गर्न समिति गठन


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडाैं । दार्चुलामा भारतीय पक्षबाट भएकाे अमानवीय व्यवहारकाे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ ।

तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानविन गर्न मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरेकाे हाे ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक डीआईजी हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरेकाे हाे ।

समितिले १० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने छ । भारतले भने यसअघि नै तुइन काटेकाे विषयमा भारतीय एसएसबीकाे कुनै संलग्नता नरहेकाे दावी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्