Logo
Logo

अघिल्लो सरकारको नियुक्ति खारेज गर्न सरकारी कार्यदल छलफलमा


दृष्टि संवाददाता

33.3k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन छलफलमा जुटेको छ । सरकार गठन भएको तीन साता पुग्दा पनि सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन ।

सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने जिम्मेवारी पाएको कार्यदलले यसपटक भने मन्त्रिपरिषद विस्तारको विषयलाई समेत अजेण्डा बनाएको छ । मन्त्रिपरिषदले नै पूर्णता नपाएको अवस्थामा सरकारले गर्नुपर्ने न्युनतम कार्यक्रम तय गरे पनि कार्यान्वयन नहुने भन्दै कार्यदलले मन्त्रिपरषद विस्तारमा जोड दिएको हो ।

कार्यदलले साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखेको छ । यस्तै अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर खारेजीका लागि सरकारलाई सिफारिस गर्ने समेत कार्यदलले तयारी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्