Logo
Logo

साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडाैं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

सोमबार छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए ।

सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेट्ने तयारी गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्