Logo
Logo

नयाँ सरकार गठन गर्न लुम्बिनी प्रदेश प्रमुखसँग माग


दृष्टि संवाददाता

1.3k
Shares

रूपन्देही ।लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । 

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनका तर्फबाट लिखित पत्र बुझाइएको हो ।

प्रदेश सभामा ३८ सदस्य रहेको एमालेले संविधानको धारा १६८ को १ अनुसार सरकार चलाउने वैधता गुमाएको भन्दै गठबन्धनले प्रदेश प्रमुखले संविधान र संसदीय प्रणालीको मर्मअनुसार अर्को सरकार गठन प्रक्रिया थाल्नुपर्ने बताएका छन् ।

हाल प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नभएकाले संविधानविपरीत रहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्