Logo
Logo

महालक्ष्मीका ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी दुई संस्थाबीच साउन १८ गते सम्झौता भएको हो ।

बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाइमा उक्त हस्पिटलसँग सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ओपिडी टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्