Logo
Logo

एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शून्य प्रतिशत प्रिमियमसहित कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो । समझदारीपछि अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ ।

बैंकिङ क्षेत्रमै उत्कृष्ट योजनाअन्तर्गतको यो समझदारीअन्तगर्त ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी गराएको छ । नेक्सन इभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’ को लागि उपलब्ध रहेको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि [email protected] मा इमेल वा ०१–५९७१५० मा सम्पर्क गर्न सकिनेछ । साथै इच्छुक ग्राहकले १६६००१५५७७७ नम्बरमा कल गरी वा यो लिंकमा गएर आफ्नो नाम दर्ता गराई (लगइन गरी) नेक्सन इभी बुकिङ गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्