काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी गरेको छ । नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने सोमबार बसेको बैठकले निर्णय गरेको थियो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु छन् ।