Logo
Logo

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बाेलाउन माग


दृष्टि संवाददाता

1.6k
Shares

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाइएको छ । 

मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको मागसहित समावेदन दिएका हुन् ।

३४ सांसदकाे हस्ताक्षरसहितकाे पत्रमा सरकार गठनका लागि आह्वान समेत गरिएकाे छ । यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्