Logo
Logo

भूमि आयोग खारेजदेखि प्राधिकरणमा कुलमान नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशनसम्म


दृष्टि संवाददाता

2.8k
Shares

हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। १६ हजार ७१८ जनामा नमूना परीक्षण गर्दा तीन हजार ३८३ जनामा संक्रमण देखियो, मंगलबार थप एक हजार ९९४ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६० हजार ११६ जना पुग्यो, मंगलबार कोरोनाबाट थप २४ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुग्यो ।

२. मन्त्रिपरिषद बैठकद्वारा केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज, भने राजनीतिक प्रतिशोध लिनका लागि दलित र भूमिहीनले जग्गा पाउनुपर्ने संवैधानले दिएको मौलिक हक नखोस्न आग्रह विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको भनाइ, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय, शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त, कोभिड नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्विकार ।

३. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बोलाए आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक, बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा एकता प्रक्रियाका बारेमा छलफल हुने, नेपाल र पार्टी अध्यक्षबीच हुने भनिएको भेटको टुंगो लागेन, असफल हुने सम्भावना रहेको नेताहरूको प्रतिक्रिया, एकताको प्रयास भइरहँदा व्यंग्यात्मक अभिव्यक्ति नदिन नेताहरूको नेतृत्वलाई सुझाव ।

फाइल फाेटाे

४. सरकार परिवर्तनको तयारीमा लागेका लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता, अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर, विपक्षी गठबन्धनका नेताहरूद्वारा प्रदेश प्रमुखको कार्यालय पुगेर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि विशेष अधिवेशनको मागसहित समावेदन प्रकट ।

५. प्रधानमन्त्री शेरबहादुर देउवाले दिए कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन, प्राधिकरणको सुधार र जनताको चाहनाअनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ, ऊर्जामन्त्री भुसालद्वारा वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह ।

६. कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइयो, उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय, सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय, सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने ।

७. सर्वोच्च अदालतद्वारा सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न अन्तरिम आदेश , मुद्दा संयुक्त इजलासमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेसीमा चढाउन पनि उल्लेख, न्यायाधीशहरू अनिलकुमार सिन्हा नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइमा विस्तृत छलफल गर्नुपर्ने निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै उत्प्रेषण जारी ।

८.मैलुङ खोलाको आइपीओमा २१ लाख १८ हजारले दिए आवेदन, साढे १४ लाख बढी आवेदकको हात खाली हुने, ३१ सय विन्दु माथि पुगेर नेप्सेले बनायो ’अल टाइम हाइ रेकर्ड’, हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताको आकर्षण, नेपाल राष्ट्र बैंकद्वारा नेपालका बैंक तथा वित्तीय संस्थाले संस्थागत समाजिक उत्तरदायित्व कोषको नाममा भएका खर्चहरु अपारदर्शी रहेको निष्कर्ष सहित अध्ययन प्रतिवेदन सार्वजनिक, नेपाल स्टक एक्सचेन्जले पुरानो वेबसाइट बन्द गर्दै, नयाँ वेभ साइट नै आधिकारिक गर्ने प्रक्रिया शुरु ।

९. राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास, अप्रत्यासित निर्णय भएको क्यानको भनाइ, नयाँ खेलाडी परिवर्तन गर्न दबाब बढ्दो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) विवादको छानबिन गर्न बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन, समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, नारायण अर्याल र सरोज पोखरेल सदस्य, सात दिन भित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन ।

१०.र, दुवै देशका सैनिकबीच सञ्चार गर्न भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना, अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी, अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला, लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या, भारतमा थप ३० हजार संक्रमित, ४२० संक्रमितको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्