Logo
Logo

टोकियो ओलम्पिक: फुटवल पुरुषतर्फ फाइनलमा स्पेन-ब्राजिल भीड्दै


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदकका लागि स्पेन र ब्राजिलबीच भीडन्त हुने भएको छ ।

स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए । उता, ब्राजिलले मेक्सिकोलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा जापानले स्पेनलाई अतिरिक्तसम्म रोक्न सफल रह्यो । उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको जापानले स्पेनलाई काउन्टरमा प्रहार गर्ने रणनीति अपनाएको थियो ।

ब्राजिलको फाइनलसम्मको यात्रा भने अझ कठिन रह्यो । १२० मिनेटसम्म पनि बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा ब्राजिल ४–१ ले विजयी बन्यो । ब्राजिल ओलम्पिकको फाइनलमा पुगेको लगातार दोस्रो पटक हो । सन् २०१६ मा ब्राजिल स्वर्ण पदक जितेको थियो ।

फाइनल खेल शनिबार याकोहामास्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली दोस्रोपटक स्वर्णपदक जित्ने दाउमा हुनेछ । यसअघि स्पेनले सन् १९९२ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्