काठमाडौं । नेपाली कांग्रेसको बैठक आज दिउँसो बुढानीलकण्ठमा बस्दैछ । शीर्ष नेताहरु सहभागी हुने आजको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने जनाइएको छ ।
बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेपछि विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुलाई दिइएको थियो । क्रियाशील सदस्यता छानविन समितिले १२ साउनमा पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।