Logo
Logo

कोरोना संक्रमण फेरि बढेकोदेखि शेयर बजारमा रेकर्डसम्म


दृष्टि संवाददाता

945
Shares

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको तथा जनसंख्या मन्त्रालयको भनाइ, २४ घण्टामा थप १ हजार ५३५ जना संक्रमणमुक्त, हालसम्म निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुष्टि, कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुग्यो, जापान र भूटानले दिने अस्ट्राजेनेका खोप शनिवार आइपुग्ने ।

Image

२. जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश, जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश , अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश ।

३. दार्चुला घटनालाई लिएर भारत सरकारसँग वार्ता गर्न प्रमुख प्रािपतक्षी दल एमालेको सरकारसँग माग, महाकालीमा बेपत्ता भएकाको खोजी गर्न तथा उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण, एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट, घटना पुनः नदोहोरिनका लागि सरकारलाई गम्भीर हुन सांसदहरुको सुझाव ।

४. नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति , नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति, काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय ।

५. संसदीय समितिद्वारा २० वर्षे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह, प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधानअनुसार सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सुझाव, २० वर्षे हदम्यादको आधारमा भन्दा पनि यान्त्रिक परीक्षण गरेर उपयुक्त ठहर गरेका सवारी साधनलाई मात्रै संचालन गर्ने अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापतिको भनाइ ।

६. नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूद्वारा राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न सरकारसँग माग, प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइयो ज्ञापनपत्र, प्रहरीको व्यावसायिकताको उद्गम थलोको रूपमा स्थापित प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख ।

७. नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा सरकारले अर्को जिम्मेवारी दिए जिम्मेवारी लिने जानकारी, सरकारले हटाएमा वा बर्खास्ती गरेमा अदालत बाँकी नै रहेको शाक्यको भनाइ, आफूलाई कसैलाई राजीनामा दिन निर्देशन वा अनुरोध नगरेको जानकारी, डेडिकेडेट फिडर नदिइएको कारण ३ अर्ब ५० करोड कम आम्दानी भएको, भारतबाट गत वर्षभन्दा धेरै विद्युत् ल्याइएको कारण खर्च बढेको र केही चुहावट बढेको कारण नाफामा कमी आएको शाक्यको भनाइ ।

८. नेप्सेमा दैनिक नयाँ रेकर्ड, साढे १५ अर्ब कारोबार, कारोबार रकम बढ्दा पाँच ब्रोकरले गरे अर्ब बढीको सेयर कारोबार, थोरै गर्नेको पनि १० करोड माथि, सानिमा लाइफको सेयरमा एकै दिन २.२ गुणा बढी आवेदन, सात लाख २८ हजारले भरे सेयर, निषेधाज्ञाले गाह्रो पारेको भन्दै गाडी बिक्रेताले मागे सरकारी राहत, तरलताका लागि बैंकले ४ खर्ब ३८ अर्ब रुपैयाँ राष्ट्र बैंकको पैसा चलाए, स्प्रेड दर ३.७४% मा सीमित, सरकारी स्वामित्वका संस्थानहरुलाई नाफामा लैजान नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन ।

९.अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिएका राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काद्वारा क्रिकेटको विकासमा काम गर्ने घोषणा, सबै जिल्लामा क्रिकेट प्रशिक्षण केन्द्र खोल्ने योजना, ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा, गुलशन पहिलो पटक क्याम्पमा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबल विवाद छानविनका लागि गठन गरेको समितिका संयोजक पुरेन्द्रबिक्रम लाखे कोभिड संक्रमित भएसँगै छानविन प्रभावित ।

१०.र, कोरोना संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै, अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय, भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ, पाकिस्तानमा आर्थिक सङ्कट बढेपछि प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै, फेरि अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु, न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको दावी, राष्ट्रपति बाइडेनसहितका नेताले भने राजीनामा देउ ।

प्रतिक्रिया दिनुहोस्