Logo
Logo

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको क्रियाशील सदस्यता विवाद पेचिलो बन्न पुगेको छ । केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले टुंगो लगाएका सदस्यतामा समेत शीर्ष नेताहरूबाट प्रश्न उठेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २र३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ ।

तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ । संस्थापन पक्षले भने समायोजन समितिबाट टुंगो लगाएको विषय सदस्यता छानबिन समितिलाई हेर्ने अधिकार नभएको तर्क गरेको छ ।

नेताहरूबीच समस्या समाधान गर्न छलफललाई निरन्तरता दिने समझदारी पनि भएको छानबिन समितिका संयोजक लेखकले बताए । उनले भने, ‘यसले निरन्तरता पाउँछ र दुई/तीन दिनभित्र टुंगिन्छ ।’ सदस्यता विवाद टुंगो नलाग्दा भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन अनिश्चित बनेको छ । स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ ।

संवैधानिक समयसीमाअनुसार कांग्रेसले भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता भएपछि कांग्रेस नेताहरू विकल्प खोज्न निर्वाचन आयोगका पदाधिकारीसँग संवादमा छन् ।

कानुनमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख निर्वाचन आयुक्तसँग यस विषयमा केही दिनअघि छलफल गरिसकेका छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्