Logo
Logo

‘पार्टीलाई एकतावद्ध हुन नदिने ओली नै हुन्’


दृष्टि संवाददाता

1.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी एकताबद्ध हुन नसकेको बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बिहीबार केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता चौधरीले पार्टीलाई शुरुदेखि नै एकताबद्ध हुन नदिन अध्यक्ष ओली लागिपरेको आरोप लगाए ।

एमालेलाई सही दिशामा अगाडी बढाउनका लागि अध्यक्ष ओलीले राजिनामा दिएपछि पार्टी एकताबद्ध हुने विश्वास उनले व्यक्त गरे । नेकपा त्यसपछि एमाले विभाजन गर्ने मुख्य योजनाकार नै ओली भएको बताउँदै उनले ओलीले पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोप लगाए ।

‘केपी ओली अब बैलगाडा चुनाव चिन्ह लिएर अगाडी बढछन् र आफ्नो पार्टीको नाम नेकपा (केपी ओली) राख्छन्’ चौधरीले भने, ‘शुरुदेखि नै ओलीको चाहना एमाले एकताबद्ध नहोस् नै रहेको हामीले बुझेका छौँ ।’

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीलाई एकताबद्ध बनाउने र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा गम्भीर रुपमा छलफल हुने उनले बताए । शुरुमा वरिष्ठ नेता नेपालले आफ्नो धारणा राख्ने, विगठित कार्यदलका तर्फबाट एकजनाले अहिलेसम्मको छलफलको बिषयमा कुरा राखेपछि केन्द्रिय सदस्यहरुले आफ्नो विचार तथा धारणा राख्ने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्