Logo
Logo

नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकेर केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि स्थायी कमिटी बैठक बसेको हो । एमाले सचिव भीम आचार्यले समसामयिक राजनीतिक अवस्था, पार्टी एकता लगायतका बिषयमा छलफल हुने एजेण्डा रहेको बताए ।

‘एउटै पार्टीका आधा नेता सरकारमा र आधा नेता प्रतिपक्षमा बस्ने उल्लु काम हामीले गर्दैनौँ’ आचार्यले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने बिषयमा छलफल चलिरहेको छ । हामीले छलफल गर्दै पार्टीलाई एकताबद्ध बनाउछौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समूहको कारण सरकार बिस्तारमा ढिलाइ भइरहेकै बेला सचिव आचार्यले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । सरकार बिस्तार देउवा र प्रचण्डकै कारण नभएको बताउँदै उनले आफूहरु सरकारमा नजाने भनेर भनिसकेको बताए ।

नेता मेटमणि चौधरीका अनुसार पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका बिषयमा बैठकमा छलफल गर्दै आगाडी बढने बताए । पार्टीलाई एकताबद्ध बनाउँने बिषयमा भएका अहिले सम्मका वार्ताको समिक्षा गर्दै अब कसरी अगाडी बढने भन्ने निर्णय बैठकले गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्