Logo
Logo

वैकल्पिक शक्ति निर्माणमा जुट्न यादवको आह्वान


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक शक्ति निर्माणको अभियानमा साथ साथै अगाडि बढ्न अपिल गरेका छन् ।

विज्ञप्ती जारी गर्दै अध्यक्ष यादवले कुनै कारणले पार्टीबाट अलग हुन पुगेका वा अन्यत्र अलमलमा परेका नेता कार्यकर्तालाई अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर सँगसँगै वैैकल्पिक शक्ति निर्माणको अभियानमा जुट्न अपिल गरेका हुन् ।

अग्रगमन नचाहने, प्राप्त उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरु षड्यन्त्रमुलक ढंगले जसपाविरुद्ध लाग्दै ‘फुटाउ र राज्य गर’ नीति अनुरुप सक्रिय रहेको विज्ञप्तीमा उल्लेछ छ । विज्ञप्तीमा भनिएको छ– ‘यस्ता शक्ति चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवं षड्यन्त्रकारी व्यक्तिहरु र प्रवृत्तिहरुप्रति सतर्क र सचेत रहन समयको माग हो ।’

प्रतिक्रिया दिनुहोस्