Logo
Logo

ओलीसँग एकै ठाउँमा रहन सकिन्न : नेपाल


दृष्टि संवाददाता

5k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म अध्यक्ष केपी शर्मा ओलीसँग एकै ठाउँमा रहन नसकिने बताएका छन् ।

बिहीबार आफ्नो पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने भन्दै अहिलेकै अवस्थामा ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या धारणा राखे ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता सम्भव छैन ।’

अध्यक्ष ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि एकताको बाटोबाट भाड्ने उद्देश्यबाट आएको नेता नेपालकाे भनाइ रहेकाे छ । उनले भने– ‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन् । तर, ओली तयार छैनन् ।’

प्रतिक्रिया दिनुहोस्