Logo
Logo

अधिवेशन प्रक्रिया रोक्न माधव समूहकाे माग


दृष्टि संवाददाता

4.1k
Shares

काठमाडाैं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अधिवेशन प्रक्रिया रोक्न अध्यक्ष केपी शर्मा ओली पक्षलाई आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले एकता चाहेको हो भने अधिवेशन र सदस्यता नविकरण प्रक्रिया रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

आज काठमाडौमा बसेको बैठकले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली समूहसंगको वार्तालाई निरन्तरता दिने निष्कर्ष निकाल्दै १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

बैठक पश्चात सञ्चारकर्मीसंग कुरा गर्दै स्थायी कमिटीका सदस्य रघुजी पन्तले पार्टी एकताका लागि वार्तालाई निरन्तरता दिने बताए । बैठकमा नेपाल समूहबाट विगठित कार्यदलको संयोजक रहेका उपाध्यक्ष डा. भीम रावलले अहिले सम्म भएको औपचारिक÷अनौपचारिक छलफलको बारेमा बैठकलाई जानकारी गराएका छन् ।

दुई समूहमा बिभाजित एमाले नेतालाई पार्टी एकताका लागि दोस्रो तहका नेताले दवाव दिदै आएका छन् । अगामी रणनीतिको बारेमा बैठकमा छलफल गर्दै पार्टीलाई एकताबद्ध बनाउँने बारेमा नेताहरुले धारणा राखेको पन्तले बताए । केन्द्रिय कमिटीको बैठक भोलि पुनः बस्नेछ । केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्