Logo
Logo

भ्रामक समाचार सम्प्रेषण भएकोमा सेञ्चुरी बैंँककाे आपत्ति


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफूविरुद्ध भ्रामक र कपोकल्पित समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएको छ । बैँकसँग जोडिएर आएको कुराको तथ्य जाँच पनि नगरी मानमर्दन गर्न नियोजित रूपमा भ्रामक समाचार प्रकाशित भएको भन्दै असन्तुष्टी जनाएको हो ।

बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको विषयमा तथ्यहीन समाचार सम्प्रेषण भएको जनाएको छ ।

कम्पनीले उक्त रेमिटसँग असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्थकर्तासँगको पहलमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको समेत जनाएको छ ।

अदालतमा रहेको मुद्दामा अनवाश्यक र कपोकल्पित मात्र नभई भ्रामक समाचार प्रेषित गर्नु सह्य नभएको भन्दै बैंकले तथ्य जाँच गरेर मात्रै समाचार निर्माण गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्