Logo
Logo

व्यापारसम्बन्धी सन्धि सम्झौताको समीक्षा आवश्यकः अर्थमन्त्री


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् ? भन्नेबारे समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

विहीवार भन्सार विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले भने– ‘नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरु नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ । अध्ययनको समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ ।’
मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा समेत जोड दिएका छन् । सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा रहेको भन्दै मन्त्री शर्माले इमान्दारिता र पारदर्शितासहित काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न नीति निर्माणमा अर्थमन्त्रालय र सम्वद्ध निकायहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्