Logo
Logo

ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेशनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २७३ शाखा, २४८ एटिएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्