Logo
Logo

समान हैसियतमा मात्र एकता हुने माधव पक्षका केन्द्रीय सदस्यको धारणा


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक केही समयका लागि स्थगित गरिएको छ । बिहीबार सुरु भएको बैठकमा जम्मा ५५ जनाले केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । अधिकांश सदस्यले समान धारणा राख्दै पार्टी एकता हुनुपर्नेमा जोड दिए ।

एमाले माधव पक्षका एक नेताका अनुसार बिहीबार २३ जना र शुक्रबार ३२ जनाले पार्टी एकताबारे धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको हो ।

केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समिति बैठकमा केन्द्रीय सदस्यले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्