Logo
Logo

विधान संशोधन बारे एमालेमा छलफल शुरु


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान संशोधनका लागि स्थायी कमिटी बैठकमा छलफल शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज स्थायी कमिटीको बैठकमा पार्टीको विधान संशोधन बारेमा छलफल भइरहेको नेता कर्णबहादुर थापाले बताए । बैठकमा स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्षहरुको समेत सहभागिता रहेको छ ।

साउन १७ गते बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

यस्तै २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय बैठकले गरेको थियो । केन्द्रीय कमिटीको बैठक २४ साउनमा बस्दैछ । सो बैठकमा विधान संशोधनको बारेमा केन्द्रीय सदस्यसंग समेत सुझाव संकलन गरिने एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओली र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्