Logo
Logo

केएमसीले सुरू गर्‍यो ‘रोबटिक’ न्युरो सर्जरी


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपकट ‘रोबटिक सर्जरी’ सुरू गरेको छ ।

निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको केएमसीले बिहीबारबाट अत्याधुनिक सेवाहरूको विस्तार गरेको हो । यसले नेपालको न्युरो सर्जरी क्षेत्रमा नयाँ आयाम थपेको केएमसीले जनाएको छ ।

न्युरो सर्जरीका लागि एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआइएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरण खरिद गरिएको अस्पतालले जनाएको छ ।

वरिष्ठ न्युरो सर्जन डा अमित थापाको अगुवाईमा दक्षशक्तिसहितको न्युरो सर्जरी सेवा सुरु गरेको केएमसीले जनाएको छ । न्युरो सर्जरीको क्षेत्रमा सहज, सुलभ, गुणस्तरीय सेवाको दिने केएमसीको भनाइ छ ।

अहिले न्युरो सर्जरीका लागि रोबट प्रयोगमा ल्याएको केएमसीले अब अन्य सर्जरीमा पनि रोबटको प्रयोग गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्