Logo
Logo

एकताको नाममा पार्टीका गतिविधि रोकिदैन् : ज्ञवाली


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि छलफल भइरहेकाले तत्काल अधिवेशन, नविकरणलगायतका गतिविधि रोक्न माग गरेपछि ओली पक्षले नरोकिने स्पष्ट पारेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (शुक्रबार) बसेको स्थायी कमिटीको बैठकमा पार्टीको विधान संशोधन बारेमा छलफल भएको छ । एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले बैठक पश्चात संचारकर्मीसँग कुरागर्दै पार्टीका गतिविधि जारी रहने बताए ।

ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधी नरोकिने बताउँदै पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हितविपरीत रहेको बताए ।

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने उनले बताए । सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने ज्ञवालीले बताए ।

विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्