Logo
Logo

‘सांसदलाई बन्धक बनाउनु निकृष्ट र आपराधिक आक्रमण’


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं । नेकपा माओवदी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको ठहर गरेको छ ।

शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशसभा सदस्य वलीलाई बन्धक बनाउनु लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरेको छ । राजनीतिमा यो हदसम्मको क्रियाकलाप भएको प्रति माओवादीले चिन्ता समेत प्रकट गरेको छ ।

राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलले बनाएको साझा न्युनतम कार्यक्रम’ बारे अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम तत्काल सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै संविधान तथा कानूनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्