Logo
Logo

सुकुम्बासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग


दृष्टि संवाददाता

2.2k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो ।

सरकारले १९ साउनमा मात्र देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले गठन गरेकाे आयोग कार्यकर्ता भर्ती केन्द्र जस्ताे भएकाे भन्दै सरकारले आयोग नै खारेज गरेकाे थियाे ।

आयोग खारेजपछि लाखाैँ भूमिहीनकाे जग्गा पाउने आसमा तुषारापात भएकाे भन्दै सरकारकाे निर्णयकाे विराेध भइरहेकाे छ । माओवादी केन्द्रले विराेध मत्थर गर्न पनि आयोग गठनको माग गरेकाे हाे ।

संवैधानिक प्रावधान अनुसार एक पटक गठन भइसकेकाे आयोगलाई पुनः गठन गर्न नमिल्ने प्रावधान रहेकाले फरक नाम दिएर आयोग गठन गर्ने सरकारले तयारी गरेकाे छ ।

यद्यपि, सरकारको आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्