Logo
Logo

आईपीओ जारी गर्ने याेजनामा पाँच तारे होटल अलफ्ट


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । पाँच तारे होटल अलफ्ट पनि आईपीओ जारी गर्ने तयारी गरेको छ । दुई वर्षअघि संचालनमा आएको अलफ्ट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै ओइपीओ जारी गर्ने तयारी गरेको हो ।

होटल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै अबको केही वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने योजना रहेकाे मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडेले जनकारी दिए । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुक बिल्डिङमार्फत् आईपीओ गर्न पाउने प्रावधान ल्याएको छ ।

सर्वसाधारणलाई सेयर जारी गर्नुअघि कम्पनीले पूरा गर्नुपर्ने केही प्राविधिक चरण पार गर्न समय लाग्ने भएकाले अलफ्टलाई आईपीओ जारी गर्ने केही समय लाग्न सक्छ ।

दुई तीन वर्ष नाफा कमाएपछि आईपीओ जारी गर्ने योजना रहेको पाँडेको भनाइ छ । होटलमा पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, दीपकमान शेरचन, मिजास भट्टचन, ज्योति समूहको स्याकार ट्रेडिङ, हिमालयन इन्फ्राष्टक्चर फन्ड र महेश्वर प्रकाश श्रेष्ठको लगानी छ ।

होटलको चुक्ता पुँजी ९७.५ करोड रुपैयाँ रहेको छ । लगानीकर्ताहरुले अर्को १६ करोड रुपैयाँ उठाइसकेकाले केही समयभित्रै होटलको पुँजी एक अर्ब १३ करोड ५० लाख रुपैयाँ पुग्ने उनको भनाइ छ ।

ठमेलको छायाँदेवी कम्लेक्समा २०७६ साउनदेखि संचालनमा आएको यस होटलमा तीन अर्ब रुपैयाँ लगानी भएको छ । व्यवसायिक कम्लेक्ससहितको छायाँदेवी कम्लेक्सको सातौं तलाबाट १४ तलासम्मका सातवटा तलाहरुमा होटल अलफ्ट संचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्