Logo
Logo

सुकुम्बासीविरुद्ध षडयन्त्र गर्ने कम्युनिष्ट हाेइनन् : प्रभु साह


दृष्टि संवाददाता

1.4k
Shares

वीरगंज । पूर्वमन्त्री प्रभु साहले भुमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरू कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

शुक्रवार वीरगन्जमा आयोजित आईटी आर्मीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भुमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए ।

उनले गरिब, विपन्न एवम् सुकुम्बासीलाई पीडा दिने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिनेहरु कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त भएको जीकिर गरे ।

पूर्वमन्त्री साहले सुकुम्बासी समस्या समाधान गर्नुको सट्टा उल्टै सुकुम्बासी विरुद्ध षडयन्त्र गर्ने कार्य देउवा सरकारको चरम गैरजिम्मेवार कार्य रहेको र त्यसमा साथ दिने माधव नेपाल र प्रचण्ड कम्युनिष्टको नाममा कलंक रहेको बताए ।

‘वर्षौंदेखि लाखौं नेपाली सुकुम्बासी भएको बाँचिरहेका छन्, भुमिहीन सुकुम्बासीलाई लालपुर्जासहित जग्गा बाँड्ने उद्देश्यका साथ गठन भएको भुमि आयोग देउवा सरकारले खारेज ग¥यो । जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला यस्तो निर्णय देउवा एक्लैको होइन, यसको मुख्य सल्लाहकार केहि कथित कम्युनिष्टहरु हुन्’ पूर्वमन्त्री साहले भने, ‘विपन्न तथा दलित विरोधी यस्ता हर्कत गर्ने कोही पनि कम्युनिष्ट हुन सक्दैनन । ती कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त जमिनदारभन्दा बाहेक केही पनि होइनन् ।’

‘आज केही कथिक कम्युनिष्ट सहितको अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको हक अधिकार खोस्ने काम गर्दैछ । जताततै हेरौं भ्रष्टाचार र लुटआतंक छ, अस्थिरता मच्चाउने खेलहरु निम्त्याइदैछ ।

यी तमाम वेतिथिका विरुद्ध लड्न आईटी आर्मी खडा भएको हो । सुचना प्रविधि आईटी आर्मीको हतियार हो, समाजवाद स्थापना तर्फ अगाडि बढौं’ उनले भने ।

भेलाले युवा नेता सन्तोष पटेलको संयोजकत्वमा आईटी आर्मीको पर्सा जिल्ला कमिटी गठन गरेको हो । वीरगन्जस्थित पदम पार्टी सेन्टरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य इस्लाम हवारी, नेताहरु पवन तिवारी, अमिताभ बच्चन दासलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्