Logo
Logo

३७ सयमा कोरोना पुष्टिदेखि देउवा सरकारको साझा नीति सार्वजनिकसम्म


दृष्टि संवाददाता

882
Shares

१. नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, बढी ज्यान गुमाउनेमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक, पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण, नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १० हजार ५०९ पुग्यो, निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ हुँदा सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ पुग्यो, हालसम्म ७ लाख १० हजार ५०९ मा कोरोना संक्रमण पुष्टि, भूटानले दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो ।

२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारद्वारा साझा नीति तथा कार्यक्रम सार्वजनिक, कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’मा सरकारका प्राथमिकता एजेण्डाहरु निर्धारण, कोरोना नियन्त्रण पहिलो प्राथमिकतामा, राजनीतिक दलहरूबिच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार गर्ने लगायतका एजेन्डा तय ।

३. पार्टी एकताका लागि वार्ता चलिहरको अवस्थामा सांगठनिक गतिविधि रोक्न माधवकुमार नेपाल पक्षद्वारा अध्यक्ष केपी ओलीको ध्यानाकर्षण, पार्टी एकताका लागि ओली पक्षसँग हालसम्म भएका १० बुँदे लगायतका सहमतिले आधार तयार पारेको कुरालाई केन्द्रीय कमिटीले स्वीकार गर्दै कार्यान्वयनमा लैजाने निष्कर्ष, सरकारमा नजाने घोषणा ।

४. एकताका नाममा पार्टीका काम रोक्न नसकिने नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीको भनाइ, विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठक अघि बढ्ने भनाइ, स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीको तर्क ।

५. सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता, मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको निर्णय बदर गर्न माग, रिटको पेशी साउन २५ गतेलाई तोकियो, आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन जारी ।

६. संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठन गर्न माओवादी केन्द्रको सरकारसँग माग, लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरण प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको माओवादी स्थायी कमिटी बैठककोे ठहर, मन्त्रालयको भागवण्डामा सहमति नजुटेकाले मन्त्रिपरिषद विस्तारका विषयमा छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ ।

७. नेपाली कांग्रेसका ३ सांसदद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडले पारेको असर र सरकारको योजनालगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक तथा सांसदहरू प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेको प्रस्ताव सचिवालयमा दर्ता , प्रस्तावमा कोभिडका कारण वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने, रोजगारी गुमाउने र स्वदेश फर्कनेहरूको तथ्यांक र अवस्थाबारे छलफल गर्न अत्यावश्यक रहेको उल्लेख ।

८. सानिमा लाइफको आइपीओमा साढे पाँच गुणा बढी आवेदन, करिब तीन अर्बको शेयर माग, ढुङ्गाना र साउदको जागिर धरापमा, तीन दिन भित्र ओटिसि कारोबार विवरण बुझाउन अर्थ मन्त्रालयले काट्यो पत्र, साउनयता बैंकहरुका निक्षेप र कर्जा न्युन, कर्जा लगानी सामान्य बढ्दा निक्षेप झनै घट्यो, विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्न अर्थसमितिको निर्देशन, मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई अर्थ समितिको १७ बुँदे निर्देशन ।

९. नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने, आगामी भदौ १७ र २० गते भारतसँगको दुई मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने, उपाधि दावेदार ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ फाइनलमा प्रवेश , फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गर्न आन्तरिक तयारी , १० नम्बरको जर्सी मेस्सीलाइ छोड्न नेयमार तयार ।

१०.र, विश्वभर ६ लाख ९० हजार संक्रमित थपिए, एकैदिन १० हजार २ सय ५३ को मृत्यु, बङ्गलादेशमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च, अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या, इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन अमेरिकाको आग्रह, अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थायी बसोवासको अनुमति दिने अमेरिकी निर्णय, इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रेइजीले लिए सपथ ।

प्रतिक्रिया दिनुहोस्