Logo
Logo

पूर्वी लद्दाखमा भारत र चीनबीचको तनाव अन्त्य


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।

त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्तिमार्फत जनाएको छ । दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा गहिरो विचार विमर्श भएको थियो । यसपछि दुवै पक्ष गोगरा क्षेत्रबाट पछि हट्न तयार भएका छन् । यस क्षेत्रमा गत वर्षको मे महिनादेखि दुई देशका सेना आमनेसामने थिए ।

यस सम्झौता अन्तरगत दुवै पक्षले चरणबद्ध र समन्वित ढङ्गले यस क्षेत्रमा अग्रिम तैनाथी बन्द गरेका छन् । पछि हट्ने प्रक्रियालाई ४ र ५ अगस्तमा पुरा गरिएको थियो । अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थायी ठेगानामा फर्किएका छन् ।

योसँगै दुवै पक्षले उक्त क्षेत्रमा बनाएको सबै अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काएका छन् । यहाँ तनावअघिको स्थितिमा फर्किएका छन् । विज्ञप्तिमा यस क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोललाई कडारुपमा निरीक्षण र सम्मान गरिने जनाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्