Logo
Logo

बालाजु औद्योगिक क्षेत्रको आगलागी निभाउन कठिन, हेलिकप्टरले पनि सकेन (फोटो)


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडौं । शुक्रबार रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी निभाउन कठिन भएको छ । प्रहरी वृत्त बालाजुले औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा राति दुई बजेदेखि सुरु भएको आगलागी निभाउन कठिन भएको जनाएको छ ।

बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी निभाउन प्रयास गरे पनि सकिएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले निभाउन सम्भव नभएको प्रहरीले जनाएको छ । अहिले हेलिकप्टर फर्किसकेको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो निभाउन कठिन भएपछि हेलिकप्टर पनि फर्किएको हो । आगलागनी निभाउन नसकिएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

अहिले आगलागी निभाउने प्रयास भइरहेको छ । उक्त औद्योगिक क्षेत्रमा करिव ३ सय जना भन्दा बढी मजदुरले काम गर्छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्