Logo
Logo

कीर्तिपुरमा दम्पतीलाई कुट्ने छिमेकी पक्राउ


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । किर्तिपुरमा दम्पतीलाई मरणासन्न हुनेगरी कुट्ने छिमेकी पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–५ स्थित भत्केको पाटीमा स्थानीय राधेश्याम विष्टले छिमेकीलाई मरणासन्न हुनेगरी कुटेका हुन् ।

भुकम्पले चर्केको पर्खाल बनाउँदा ‘आफुलाई नसोधेको र हो–हल्ला गरेको’ निहुँमा ७० वर्षीय नेत्रप्रसाद खनाल र सरस्वती खनाललाई विष्टले कुटपिट गरेको प्रहरीको भनाई छ ।

छोरी सम्झना खनालका अनुसार विष्टले गमलाले हिर्काउँदा नेत्रप्रसादको फिस्टुला फुटेको र मिर्गौला डायलासिस गर्न समस्या भएको छ । सरस्वतीको टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिटमा संलग्न राधेश्याम विष्टलाई शुक्रवार पक्राउ गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले बताए ।

प्रहरीका अनुसार बिहीबार राति अबेरसम्म पर्खाल बनाउँदा ‘हल्ला भएको’ भन्दै विष्ट शुक्रवार विहान दम्पतीबिरुद्ध आक्रमणमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्