Logo
Logo

मुख गन्हाउने समस्याबाट कसरी बँच्ने ?


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं । दाँत ब्रस नगरेको अवस्थामा खानेकुरा मुखभित्र सड्न थाल्छ, जो दुर्गन्धको कारण बन्ने गर्छ । त्यसैले खाना खाएपछि ब्रस गर्नुपर्छ । तर, मुख सफा गरेको अवस्थामा पनि दुर्गन्ध आउँछ भने अरु थुप्रै कारण हुनसक्छ ।

सामान्यत पेटको समस्या भएमा मुखबाट दुर्गन्ध आउँछ । त्यसैगरी चुरोट, खैनी सेवन गर्नेहरुको मुखबाट पनि दुर्गन्ध आउँछ । मुखमा घाउ खटिरा आएमा, गाँठागठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ ।

कतिपय अवस्थामा चाहि मुखको दुर्गन्ध अरु समस्याले गर्दा हुनसक्छ । जस्तो कि, कलेजको संक्रमण भएमा । मिर्गौलाको समस्या भएमा ।

संक्रमण
सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ ।

गिजाको समस्या
गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।

फोक्सोको संक्रमण
कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

कलेजोको संक्रमण
शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।

मिर्गौंलाको समस्या
मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ ।

मधुमेह
मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ ।

मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह , स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।

क्यान्सर
लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरुमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरुको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख गन्हाउने समस्याबाट कसरी बँच्ने ?
· बिहान तथा बेलुकी गरि दिनको दुइ पटक राम्रोसँग दाँत माझ्ने । बेलुकीको खानामा सकेसम्म प्याज, लसुन, माछा, मासु जस्ता खानेकुराहरु क्म खाने ।
· पर्याप्त पानी पिउने । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनु अत्यावश्यक हुन्छ ।
· बिहान लामो समयसम्म भोकै नबस्ने । पौष्टिक खाजा खाने ।
· मुखबाट बढि नै गन्ध आउँछ भने तुलसीको पात चपाएर रस निल्ने ।
· भोजनपछि आधा चम्चा सोँफ चपाउनु राम्रो हुन्छ । यसले दुर्गन्ध हटाउनुका साथै पाचन क्रियालाई समेत सुधार्छ । सुगर प्रिm चुइंगम चपाउनु पनि मुखको दुर्गन्ध क मगर्ने अर्को सजिलो उपाय हुनसक्छ ।
· मुखबाट दुर्गन्ध आउने समस्या बढि नै हुनथाल्यो भने दन्तचिकित्सक सँग चेकजाँच गराउनु उपयुक्त हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्