Logo
Logo

आज चार जिल्लामा महन्थ ठाकुरपक्षको अगुवा कार्यकर्ता भेला


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । जनता समाजदावी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (शनिबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

ठाकुरपक्षको अगुवा कार्यकर्ता भेला झापा, धनुषा, पर्सा, कैलालीमा आयोजना गर्न लागिएको जनाएको छ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लालले सम्बोधन गर्नेछन् भने झापामा केशव झा, सन्तोष मेहताले सम्बोधन गर्दैछन् ।

पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बिमल श्रीवास्तव अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछन् । कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको ठाकुर पक्षले जनाएको छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादवपक्षलाई दिएपछि ठाकुर पक्ष कार्यकर्ता भेलामा व्यस्त बनेको हो । उक्त पक्षले साउन २२ गतेदेखि भदौं ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्