Logo
Logo

रामजानकी मन्दिरको बराण्डामा शव फेला


दृष्टि संवाददाता

882
Shares

मोरङ । मोरङको कटहरी गाउँपालिका–५ स्थित रामजानकी मन्दिरमा एक युवकको शव फेला परेको छ । शुक्रबार राति मन्दिरको बरण्डामा कटहरी–५ का ३० वर्षीय शिवरतन मुडियारीलाई मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मन्दिरको बरण्डामा दिउँसो २ बजेतिर सुतेका उनी पुजारीले बोलाउँदा पनि नउठेपछि घटनाका बारेमा प्रहरीले जानकारी पाएको थियो । मुडियारीको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्